हिउँले सिंगारियो अन्नपूर्ण बेस क्याम्प (तस्बिहरु)
कास्की | फागुन ११, २०८०
पोखरा: यो वर्षका लागि शाहसिक पदयात्रामा निस्कने समय अब सकिनेवाला छ ।
गर्मीयामको सुरुवात हुनलागेसँगै अहिले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । र ट्रेकिङ रुटहरु अहिले हिउँले सिंगारिएको छ ।
समुन्द्री सतहबाट करिब ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प यतिबेला सेताम्मे बनेको छ ।
शाहसिक पदयात्रामा रम्न र हिउँ खेल्न मन पराउनेहरुका लागि अहिले अन्नपूर्ण बेस क्याम्प (एबिसी) निकै उपयुक्त देखिएको छ ।

३६० डिग्रीमा भ्यू हेर्न पाइने यस ठाउँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्डको नेत्रभोजन गर्न सकिन्छ ।
तर यसका लागि कम्तिमा ५ दिनको समय आवश्यक छुट्याउनुपर्ने हुन्छ ।
कसरी पुग्ने एबिसी ?
पोखराबाट मत्क्युसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि पदयात्रा सुरु हुन्छ ।
तपाईंको हिँड्न सक्ने क्षमता कति छ भन्ने कुराले तपाइको बसाई कहाँ हुन्छ भन्ने निर्धारण गर्छ । प्रायजसो पर्यटक पहिलो रात छोम्रोङमै बिताउछन् ।
अर्काेदिन बिहानै उठेर सिनुह्वा, ब्याम्बु हुँदैं हिमालय या देउरालीसम्म पुग्न सक्नुहुन्छ । यो यात्राभर तपाइले प्राकृतिक सौन्दर्यता र अग्ला अग्ला हिमालहरुसँग आँखा जुधाउदै यात्रामा रमाउन पाउनुहुन्छ ।
दोस्रो दिन हिमालय या देउराली बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ । जहाँ खान र बस्नका लागि उचित व्यवस्था रहेको छ ।
अहिले हिउँ परेको भएकाले पानी नछिर्ने बुट वा ग्रिपका लागि जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ ।
हेर्नुहोस्, पत्रकार गिता रानामगरको लेन्सबाट हिउँले सिंगारिएको अन्नपूर्ण बेस क्याम्प:-








पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

